जेठ महिनाको समसामायिक सामान्यज्ञान भाग-१

यस प्रस्तुतीमा लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगातका परीक्षामा सोध्न सकिने १४ वटा  समसामायिक सामान्यज्ञान शिर्षक र त्यस अन्तर्गत रही ५० भन्दा बढी समसामयिक सामान्यज्ञान प्रश्नहरु प्रस्तुत गरिएको छ । यसमा प्रस्तुत भएका समसामयिक सामन्यज्ञान सामाग्रीहरु २०७८ जेठ महिनामा घटेका समसामयिक घटनाहरु हुन् ।

समसामयिक सामान्यज्ञान १ 

जेनेभा ओफन -२०२१ को उपाधी

  • हालसालै सम्पन जेनेभा ओपन -२०२१ को उपाधी कसले जितेको छ ? – क्यासपर रुडले
  • उनले फाइनलमा कसलाई हराई उक्त उपाधी जितेका थिए ? – डेनिस शापोवालोवा
  • विश्वमा हुने जतिपनि टेनिस प्रतियोगिता छन् ती सवै कसले नियन्त्रण गर्दछ ? – ATP
  • ATP को पूरा रुप के हो ? – Association of Tennis Professionals
  • ATP को स्थापना कहिले भएको थियो ? – सन् १९७२
  • ATP को मुख्यालय कुन ठाउँमा रहेको छ ? – लण्डन (बेलायत)
  • ATP का हालका अध्यक्ष को हुन् ? – एंड्रिया गाउडेंजी
  • अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन, अमेरीकि ओपन, डिभिस कप, विम्बल्डन  कप, डेभिस कप, इटालियन ओपन, लियोन ओपन, ग्रेंड स्लाम कुन खेलसँग सम्बन्धित प्रतियोगिता हुन् ? – टेनिस खेल

समसामायिक सामान्यज्ञान २

सुदुरपश्चिम प्रदेशको पहिलो प्रदेश प्रमुखको निधन

  • सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख को थिए ? – मोहनराज मल्ल
  • सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन कहिले भयो ? – २०७८ जेठ १२ गते
  • सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहन राज मल्लको के कारण निधन भएको थियो ? – कोरोना संक्रमण
  • हालको सुदुरपश्चिम प्रदेशको प्रदेश प्रमुख को रहेको छन् ? – गंगाप्रसाद यादव
  • गंगाप्रसाद यादवलाई कहिले सुदुरपश्चिम प्रदेश प्रमुखका रुपमा नियुक्त गरिएको हो ? – वि.सं २०७८ बैशाख २० गते
  • वि.सं २०७८ बैशाख २० गते नै गण्डकी प्रदेशको प्रदेश प्रमुखमा को नियुक्त भएको थियो ? – सिताकुमारी पौडेल
  • सुदुरपश्चिम प्रदेशको दोस्रो प्रदेश प्रमुख को थियो ? – शर्मीला कुमारी पन्त
  • गण्डकी प्रदेशका दोस्रो प्रदेश प्रमुख को थिए ?  अमिक शेरचन

हालका प्रदेश प्रमुखहरुको नियुक्तिः-

प्रदेश प्रदेश प्रमुख नियुक्ति मिति
प्रदेश नं १ सोमनाथ अधिकारी प्यासी २०७६ कार्तिक १८
प्रदेश नं २ डा. राजेश झा २०७७ फाल्गुन ७
बागमती प्रदेश विष्णुप्रसाद प्रसाई २०७६ कार्तिक १८
गण्डकी प्रदेश सिताकुमारी पौडेल २०७८ बैशाख २०
लुम्बिनि प्रदेश धर्मनाथ यादव २०७६ कार्तिक १८
कर्णाली प्रदेश गोबिन्द प्रसाद कलौनी २०७६ कार्तिक १८
सुदुरपश्चिम प्रदेश गंगाप्रसाद यादव २०७८ वैशाख २०

प्रदेश प्रमुखहरुको नियुक्ति

समसामायिक सामान्यज्ञान ३ 

चक्रपात यास (Yaas)

  • हालसालै भारतमा आएको चक्रपातको नाम के हो ? – यास
  • यास नामक चाक्रपत कुन स्थानबाट शुरु भएको हो ? – बंगालको खाडी
  • यस चक्रपात कहिले देखी बन्न शुरु भएको हो ? – २०२१ मे २३ मा
  • यस चक्रपातलाई यासको नाम दिने देश कुन हो  ? – ओमान
  • मौसमविद्हरुले यसको अधिकतम गती कति हुने बताएका छन् ? – १३० किमि प्रतिघण्टा
  • १३० किमि प्रतिघण्टा हुने बताएनि यो कति गति सम्म फैलिएको थियो ? – १८० किमि प्रतिघण्टा
  • यस भन्दा अगाडी २०२१ को मे मा नै भारतमा आएको चक्रपातको नाम के रहेको थियो ? – तोकते (यसलाई ताउते पनि भनिने)
  • उक्त चक्रपातलाई तोकते नाम कुन देशले दिएको थियो ? – म्यानमार
  • ताकते कुन सागरबाट उत्पति भएको चक्रपात थियो ? – अरब सागर
  • भारतमा यसरी नै सन् २०२० को मे मा आएको चक्रपातको नाम के रहेको थियो ? – एम्फोन
  • एम्फोन  चक्रपातका कारण कति जना मानिसाको मृत्यु भएको थियो ? – १२८ जना

समसामयिक सामान्यज्ञान ४ 

पूर्ण चन्द्र ग्रहण (Super Blood Moon)

  • हालसालै पूर्ण चन्द्र ग्रहण कहिले देखिएको छ ? – २०२१ मा  मे २६
  • यो चन्द्र ग्रहण कुन कुन ठाउँबाट देखिएको छ ? – पूर्वी एशिया, अष्ट्रेलिया, प्रशान्त महासागर र अमेरीकि क्षेत्रमा
  • उक्त चन्द्रगहणका क्रममा चन्द्रमा पूर्ण रुपमा  कति समय ढाकिएको थियो ? – १४ मिनेट ३०
  • उक्त चन्द्रग्रहणका बेला चन्द्रमा साधरण भन्दा कति गुणा ठूलो देखीएको ? – ७%
  • उक्त चन्द्रग्रहणका बेला साधरण भन्दा कति प्रतिशत चमक बढी देखिएको ? – १५%
  • मे २६ मा लागेको उक्त  चन्द्र ग्रहणलाई के  समेत भनिन्छ  ? – Super Blood Moon (पूरा विवरण यहाँ पढ्नुहोस । )
  • सुपर मुन शव्दको सर्वप्रथम प्रयोग कसले गरेका थिए ? –  रिचार्ड नोलेले सन् १९७९
  • यो भन्दा पहिला पूर्ण चन्द्र ग्रहण कहिले लागेको थियो ? – सन् २०१९ जनवरी २१ मा

समसामयिक सामान्यज्ञान ५

Global Bio Hub

  • Global Bio Hub संयन्त्र स्थापना गर्ने घोषणा हालसालै कुन संस्थाले गरेको हो ? – विश्व स्वास्थ्य संगठनले
  • विश्व स्वास्थ्य संगठनले कुन देश सँग उक्त संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ? – स्विटजरल्याण्ड
  • यो समझदारीमा कहिले हस्ताक्षर भएको थियो  ? –सन् २०२१ मे २४
  • यो स्थापित Bio- Hub को मुख्यालय स्विटजरल्याण्डको कुन सहरमा स्थापना  गरिएको छ ? – स्पेज
  • विश्व स्वास्थ्य संगठनको मुख्यालय स्विटजरल्याण्डको कुन शहरमा अवस्थित छ  ? – जेनेभा
  • विश्व स्वास्थ्य संगठनको स्थापना कहिले भएको हो ? – सन् १९४८ मा
  • विश्व स्वास्थ्य संगठनका हालका प्रमुख को हुन ? –  टेड्रोस एडनायन

समसामायिक सामान्यज्ञान – ६

Euro’s Golden Shoe Award – 2021

  • सन् २०२१ को युरो गोल्डन शू अवार्ड कसलाई प्रदान गरियो ? – रोबर्ट लेवान्डोस्की
  • लेवान्डोस्कीले सन् २०२० भरी कति गोल गरेका थिए ? –  ४१
  • उनी कुन कल्बबाट व्यवसायिक फुटबल खेल्छन् ? -बायर्न म्युनिखबाट
  • यो पुरस्कार सर्वप्रथम कहिले बाट दिन थालिएको हो ? – सन् १९६८ बाट
  • यो पुरस्कार सवैभन्दा धेरै पटक प्राप्त गर्ने खेलाडी को हुन् ?-  लियोनल मेसी
  • सन् २०२० को यो पुरस्कार कसले प्राप्त गरेको थियो ? – सिर्रो इमोबाइल

समसामयिक सामान्यज्ञान ६

इक्वेडरमा नयाँ राष्ट्रपति

  • हालसालै इक्वेडरमा नयाँ राष्ट्रपति को बनेका छन् ? – गुलेर्मो लासो
  • उनी कति औं राष्ट्रपति हुन् ? – ४७ औं
  • उनको पार्टीको नाम के हो ? – Creating Oppoertunities
  • गुलेर्मो लासोले कहिले देखी इक्वेडरको राष्ट्रपतिको पदभार ग्रहण गरेका हुन् ? –२०२१ मे २४ बाट
  • इक्वेडरमा राष्ट्रपतिको चुनाव कहिले भऐको थियो ? – २०२१ फर्बुअरी ७ मा शुरु भई ११ अप्रिलमा सकिएको
  •  उक्त चुनावमा उनलेकसलाई हराई जितेका थिए ? – आन्द्रे आरुजलाई
  • उनले कति मत ल्याएका ? –  ५२.३६ %
  • यो भन्दा अगाडी इक्वेडरका राष्ट्रपति को थिए ? – लेनिन मोरेनो
  • इकव्वेडरको राष्ट्रपतिको कार्यकाल कति वर्षको छ ? – ४ वर्ष
  • इक्वेडरको राजधानी कुन हो ? – क्विटो
  • इक्वेडरमा रहेको सवैभन्दा ठूलो सक्रिय ज्वालामुखी कुन हो ? – कोटोप्याक्सी
  • गालापोगस आइल्याण्ड कुन देश अन्तर्गत पर्दछ ? – इक्वेडर
  • दक्षिण अमेरिकाको चौथो सानो राष्ट्र कुन हो ? – इक्वेडर

समसामयिक सामानयज्ञान ७ 

विश्वबन्यजन्तु कोष नेपाल कर्नजर्भेसन अवार्ड २०२१

  • यो पुरस्कार कसले प्रदान गर्दछ ? – विश्ववन्यजन्तु कोष नेपालले
  • सन् २०२१ को यो पुरस्कार कसले प्राप्त गर्यो ? –  अमलटारी सामुदायिक होमस्टे, हेमन्तराज काफ्ले , डोल्पाका कर्मा तार्के गुरुङ र सन्जिभनि योञ्जन श्रेष्ठ
  • यस पुरस्कारको राशि कति रहेको छ ? – व्यक्तिलाई जनही ५० हजार र संस्थालाई १ लाख
  • सन् २०२० मा कसकसले यो कन्जर्भेसन अवार्ड जिते ? – वातावरण विकास तथा जनस्वास्थ्यका लागि केन्द्र (Centre For Public Health and Environmental Development),  मुकेश पोखरेल र  रिन्जिन फुङचोक लामा)
  • यो पुरस्कारको स्थापना कहिले गरिएको थियो ? वि.सं २०५२ मा
  • यो पुरस्कारको स्थापना कसले गरेका थिए ?नान्सी अब्राहमले
  • यस पुरस्कारको नाम परिवर्तन कहिले भएको थियो ? सन् २०१८ मा

समसामयिक सामान्यज्ञान ८

Global Annual to Decadal Climate Report 2021

  • यो रिपोर्ट कुन संस्थाले सार्वजनिक गरेको हो ? – World Metronomical Organization
  • प्रतिवेदन अनुसार पृथ्वीमा १९ औं शताब्दीको तुलानामा हाल कति डिग्रीसेल्सियसले तापक्रमको वृद्धी भएको छ ? – १ डिग्री सेल्सियस
  • प्रतिवेदन अनुसार औसत वार्षिक तापमान अस्थायी रुपमा कुन वर्षसम्ममा १.५ डिग्री सेल्सियसले बृद्धि हुन सक्दछ ? – सन् २०२१  र २०२५ को बीचमा कुनै पनि वर्षमा (यो १.५ डिग्री सेल्सियस बढ्न सक्ने अनुमान 20% सम्भावना रहेको समेत उक्त प्रतिवेदनले देखाएको छ)
  • प्रतिवेदन अनुसार अब आउने ५ वर्षहरुमा तापक्रम कति बृद्धी हुने अनुमान गरिएको ? – ०.५-१.९ डिग्री सेल्सीयस
  • प्रतिवेदन अनुसार सन् १९८१-२०१० को अवधी भन्दा उत्तरी गोलार्धको ठूला जमिनि भू-भाग कति बढी तातो हुने औंल्याएको छ ? – ०.८ डिग्री सेल्सियस
  • प्रतिवेदन अनुसार कुन क्षेत्रमा आगामी ५ वर्षमा सवैभन्दा बढी चक्रपात तथा हुरी आउने सम्भावना रहको छ ? – उत्तरी आन्ध्रा महासागरीय क्षेत्रमा
  • प्रतिवेदन अनुसार कुन क्षेत्रबाहेक सवै क्षेत्र बिगतका वर्षभन्दा तातो हुने देखाएको छ ?  – कुमेरु महासागर (Southern Ocean Area)
  • प्रतिवेदन अनुसार कुन क्षेत्र आगामी ५ वर्षमा बिगतका भन्दा बढी भिजेको (Wet )हुने देखाएको छ ? – उच्च आक्षांशीय क्षेत्र र साहेल क्षेत्र
  •  आगामी ५ वर्षमा १ वा बढी १ भन्दा  महिना १.५ डिग्री सेल्सियले तातो हुने कति प्रतिशत सम्भावना देखाएको छ ? – ७०%

स्रोतः लोकसेवा स्टोरबाट

हामी सँग जोडीन यहाँ क्लिक गर्नुहोस् । 

One thought on “जेठ महिनाको समसामायिक सामान्यज्ञान भाग-१

Leave a Reply

Your email address will not be published. Required fields are marked *