राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बसको अनुसन्धान र विकास गर्ने भएको छ । आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महाबिर पुनले सुपर क्यापासिटर विद्युतीय बसको अनुसन्धान र विकासका लागि इच्छुक तथा आइडिया भएकाहरुलाई आह्वान गरेका हुन् ।

पुनका अनुसार सुमन कोइराला नेतृत्वको टिमले यसका लागि काम गर्नेछ । विकसित मुलुकहरुमा सहरी क्षेत्रमा चल्ने छोटो दुरीका बसहरुमा सुपर क्यापासिटर प्रयोग हुने गरेको छ ।

app-facebook
Mahabir Pun

4 hours ago

सूचना - सूचना - सूचना
कसैलाई Super-capacitor को क्षेत्रमा अनुसन्धान तथा बिकास गर्ने ईच्छा र निकै राम्रो आईडिया छ भने सम्पर्क राख्नु होस्। (Anybody interested in doing R&D on super-capacitor?) Prof. Suman Koirala को नेतृत्वमा टीमले काम गर्नु पर्ने छ। फोन - 9841592361, इमेल mahabir@nicnepal.org

बिकसित देशहरुमा सुपर क्यापासिटरको प्रयोग खास गरि शहरमा चल्ने छोटो दुरीको बसहरुमा हुन्छ। एक पटक चार्ज गरे पछि बस २० किलोमिटर सम्म चल्छ। Super Capacitor को फाइदा निम्न अनुसार छन।
.... सुपर क्यापासिटर बाट चल्ने बसलाई चार्ज गर्न १० सेकेन्ड जति मात्र लाग्छ। तर अन्य ब्याट्री बाट चल्ने बसहरु लाई चार्ज गर्न ८, १० घण्टा लाग्छ।
२. सुपर क्यापासिटरलाई लाखौं पटक चार्ज र डिस्चार्ज गर्न सकिन्छ तर साधारण ब्याट्रीहरु लाई लगभग एक हजार पटक सम्म मात्र चार्ज र डिस्चार्ज गर्न सकिन्छ।
३. सुपर क्यापासिटर बाट चल्ने बस १० देखि १५ बर्ष जति सजिलै चल्छ तर अन्य ब्याट्री बाट चल्ने बसहरु साधरंणतया ५ बर्ष र बढीमा १० बर्ष सम्म चल्छन।
४. ब्याट्रीको पैसाको हिसाबले यो सुपर क्यापासिटर बाट चल्ने बस अरु विद्युतीय बस भन्दा महँगो पर्दैन।
५. अनुसन्धान सफल भयो भने सुपर क्यापासिटर बाट चल्ने गाडी बनाइने छ।

बिदेशमा सुपर क्यापासिटर बाट चल्ने बसको फोटो पनि हेर्नु होस्।🙏🙏🙏

See More

2.5K

 

2.5K

 

107

 

 

102

 

यस्ता बसहरु एक पटक चार्ज गर्दा २० किलोमिटरसम्म चल्न सक्छन् । जसलाई चार्ज गर्न केवल १० सेकेन्ड मात्र लाग्छ ।

तर अन्य ब्याट्रीबाट चल्ने बसहरु चार्ज गर्न ८ देखि १० घण्टा लाग्ने गरेको छ । सुपर क्यापासिटर लाखौं पटक चार्ज र डिशचार्ज गर्न सकिन्छ ।

तर साधारण ब्याट्री भने करिब एक हजार पटकसम्म मात्र चार्ज तथा डिस्चार्ज गर्न सकिन्छ । १० देखि १५ वर्षसम्म सहजै प्रयोग गर्न सकिने यस्ता बसहरुको सुपर क्यापासिटरको ब्याट्री समेत तुलनात्मक रुपमा सस्तो हुने गर्दछ ।

अनुसन्धान र विकास सफल भएको खण्डमा नेपालमै यस्ता सुपर क्यापासिटरबाट चल्ने गाडी बनाइने महाबिर पुनले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *