लोकसेवाको अन्तर्वार्तामा सहभागी हुन कोरोना परीक्षण अनिवार्य

२० जेठ, काठमाडौं । लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को अन्तर्वार्तामा सहभागी हुन पीसीआर विधिबाट कोरोना परीक्षण अनिर्वाय गरेको छ ।

आयोगले उपत्यकाबाहिर कार्यरत वा काम विशेषले लकडाउनको अवधिमा उपत्यकाबाहिर गरेका उम्मेदवारहरूले अन्तर्वार्ता अगावै कोभिड–१९ पीसीआर परीक्षण गराएर बुझाउन भनेको हो ।

परीक्षण गराउन कुनै कठिनाइ भए आयोग नै सहजीकरण समेत गरिदिने बताएको छ । आयोगले असार २ बाट विभिन्न समूहको सहसचिव पदका उम्मेदवारको अन्तर्वार्ता गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!