शाखा अधिकृत विशेष (विषयगत प्रश्नोत्तर)

प्रश्न नं. १ शासनको अवधारणा स्पष्ट गर्दै यसका विशिष्ट गुणहरु उल्लेख गर्नुहोस् । (६+४=१०)

परिचय:

राज्य संचालन गर्ने तरिका, पद्धति एवं परिपाटी नै शासन हो । राज्यको राजनीतिक, प्रशासनिक तथा कानूनी शक्तिको प्रयोग हो शासन परम्परागत रुपमा नागरिकलाई नियन्त्रण गर्नु, कर उठाउनु र सुरक्षा गर्नुलाई शासन भनिन्थ्यो । यतिखेर शासनले जनतालाई सेवा दिनु, विकासका लाभहरु प्रदान गर्नु र लोकतान्त्रिक अधिकारहरु स्थापित गर्नु (Establishing Democratic Rights ) लाई शासन भन्न सकिन्छ ।

शासनको अवधारणाः

राज्यको उत्पत्तिसंगै शासनपनि हुन थाल्यो शक्तिशाली शासकले उसको इच्छा अनुसार (Will of The Ruler) जनतालाई आफ्ना धारणा लागू गराउने क्रम इतिहासमा धेरै वर्ष रह्यो । आधुनिक शासन प्रणालीको जग भने १२१५ मा MAGNA KARTA बाट शुरु भएको देखिन्छ । यसले जनताका प्रतिनिधिहरुले शासन गर्नुपर्छ भन्ने मान्यता स्थापित गन्यो । बेलायतमा १६२८ मा भएको Declaration of Rights र १६८८ को Bill of Rights ले शासकको इच्छा अनुसार नभई नागरिकको आवश्यकता अनुसार लोकतान्त्रिक ढंगले शासन गर्नुपर्छ भन्ने मान्यता स्थापित गन्यो । यसले संसदीय सर्वोच्चतालाई स्थापित गर्यो ।
फ्रान्सका मन्टेस्कूले १७४८ मा ल्याएको शक्ति पृथकीकरणको अवधारणा र John Adams को शक्तिको सन्तुलनले शासनमा निरंकुशताको अन्त्यलाई सघाउ पुयाउनुका साथै राज्यका तीन अंगहरुवीचको शक्तिको बाडफाड तथा सन्तुलनलाइ शासन पद्धतिको एक आधारका रुपमा स्थापित गरियो । १७८७ मा अमेरिकी संविधानको तर्जुमासंगै संसारभर शासन प्रणालीलाई निर्देशित गर्ने Umbrella को रुपमा संविधान जारी हुन थाले संविधान वा कानून बमोजिम शासन संचालन गर्ने विधि र पद्धतिको स्थापना हुँदै गयो । वर्तमान सन्दर्भमा जनताको इच्छा, रुची र आवाजलाई प्रतिनिधित्व गर्ने शासन प्रतिको आकर्षण बढेको छ । अर्थात लोकतान्त्रिक शासन पद्धति (Democratic Governance System) अहिलेको विश्व व्यवस्थामा स्थापित भएको देखिन्छ ।

शासनका विशिष्ट गुणहरुः

  • लोकतान्त्रिकरण (Democratization) :- लोकतान्त्रिक विधि र पद्धतिको अनुशरण गरी नागरिकहरुलाई आफ्नो शासन आफैले गर्न सक्ने पद्धतिको निर्माण गर्नु नै शासनको महत्वपूर्ण गुण हो ।
  • राजनीतिक संरचना (Political Structure ) र राजनीतिक नेतृत्व (Political Leadership) :-  शासनमा राजनीतिको केन्द्र देखि स्थानीयस्तरसम्म संरचना रहन्छ र शासन राजनीतिक नेतृत्वमा संचालन हुन्छ ।
  • शासकीय स्वरुप (Governance Structure ) :- शासन कसरी संचालन गर्ने भन्ने आधार स्थापना गरिएको हुन्छ । अध्यक्षात्मक वा संसदीय संरचना, संघीय वा एकात्मक कस्तो हुने भनि स्पष्ट गरिन्छ ।
  • बहुपात्रको उपस्थिती (Multi Actors Presences):- आधुनिक शासन प्रणालीमा सरकार मात्र नभएर निजी क्षेत्र वा सामाजिक क्षेत्र, स्थानीय निकाय जस्ता बहुपात्रहरुले शासनमा सहभागिता जनाउछन् ।
  • नियमक शक्ति (Regulatory Power) :- शासनसंग गलत क्रियाकलापलाई रोक्ने तथा आफ्ना अवधारणा लागु गराउने नियमक शक्ति रहेको हुन्छ ।
  • साधन स्रोतको शक्ति (Resource Power) :- शासनसंग राज्यका स्रोत एवम् साधनको परिचालन गर्ने सामर्थ्य रहेको हुन्छ ।

निश्कर्ष

शासन नागरिकको हित प्रवर्द्धनका लागि हुन्छ । लोकतान्त्रिक विधि एवम् पद्धतिले नै शासनलाई जनमुखी बनाई वास्तविक शासनको प्रत्याभूति दिन सक्ने देखिन्छ । शासनको अवधारणा शासकहरुलाइ शक्तिशाली बनाउने प्रणाली देखि शुरु भएर जनतालाई अधिकार सम्पन्न र राज्यको वास्तविक मालिक बनाउने प्रणालीमा आइपुगेको देखिन्छ । लोकतान्त्रिक पद्धतिको विकास नै वास्तविक शासन हो भन्ने मान्यता स्थापित भएको छ ।

प्रश्न नं. २ नेपालको शासन प्रणालीका विशेषताहरु उल्लेख गर्दै शासन प्रणालीलाइ जनउत्तरदायी बनाउन अवलम्बन गर्नुपर्ने उपायवारे सुझाव प्रस्तुत गर्नुहोस् । (५+५=१०)

नेपाल यतिखेर लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्ने बाटोमा रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्दै जानु नै यतिखेरको Agenda का रुपमा रहेको देखिन्छ । सिद्धान्तत नेपालले अवलम्बन गरेको शासकीय पद्धति उत्कृष्ट छ, मूलकुरा यसलाइ जनहितका लागि उपयोग गर्नुपर्ने चुनौति रहेको देखिन्छ ।

नेपालको शासन प्रणालीका विशेषताहरु:

  • लोकतान्त्रिक शासन प्रणालीको अवलम्बन : लोकतान्त्रिक विधि र पद्धतिलाई नेपालको शासन प्रणालीमा अवलम्बन गरिएको छ । दलिय पद्धति, आवधिक निर्वाचन, विधिको शासन, जनतामा निहित सार्वभौमसत्ता यसका मूल पक्ष हुन् ।
  • गणतान्त्रिक शासन : नागरिकहरुले चुनेका राष्ट्रपति हुने व्यवस्था सहित गणतन्त्रलाई अवलम्बन गरिएको छ ।
  • संघीय शासन प्रणाली : नेपालले तीन तहको सहकारितामूलक संघीय शासन प्रणालीलाई अवलम्बन गरेको छ । शासकीय अधिकार संघ, प्रदेश तथा स्थानीय तहमा बाडफाड गरिएको छ ।
  • संसदीय प्रणाली : नेपालले शासकीय स्वरुपमा संसदीय शासन प्रणलीलाइ अंगिकार गरेको छ । संघमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका रहेका छन । संसदले नै प्रधानमन्त्री, मुख्यमन्त्री बनाउने व्यवस्थाछ ।
  • शक्तिपृथकीकरण र सन्तुलन : राज्यका तीनवटै अंगबीच शक्ति पृथकीकरण र सन्तुलनको अवधारणालाई अंगिकार गरिएको छ
  • समावेशी शासन प्रणाली : समावेशी शासन प्रणालीलाई नेपालले अवलम्बन गरेको छ । यसले शासनमा सबै पक्षको सहभागितालाईमहत्व दिइएको देखिन्छ ।

शासन प्रणालीलाई जनउत्तरदायी बनाउन अवलम्बन गर्नुपर्ने उपायहरु

शासन प्रणालीमा सुधार निरन्तर प्रक्रिया हो शासन प्रणाली यथास्थितीमा रहन सक्दैन । विश्व व्यवस्था, देशको राजनीतिक, आर्थिक, सामाजिक परिवेश, नागरिक अपेक्षा जस्ता विषयले शासन प्रणालीमा सुधारको खोज गर्छन यही सुधारले नै शासनलाइ जनउत्तरदायी पनि बनाउदै लैजाने हो शासकीय सुधारका कममा देहायका पक्षमा ध्यान दिन सकिएमा शासन जनउत्तरदायी बन्दछ ।
  • शासन प्रणाली जनतालाई केन्द्रविन्दूमा (Public Centric) राख्न सक्ने हुनुपर्छ । जनताका आवाजलाई सुन्ने र संवोधन गर्ने क्षमता राख्नु पर्दछ ।
  • शासन प्रणालीमा सबै वर्ग, जाति, पिछडिएका समुदाय भाषा-भाषी समेट्ने हुनुपर्छ । आर्थिक सामाजिक रुपले पिछडिएका समुदायलाई मूलधारमा ल्याउने हुनुपर्छ ।
  • विकेन्द्रिक स्थानीय तहकी सवलीकरणका माध्यमबाट जनताले आफ्ना नजिकका निकायबाट सेवा र विकासका अवसर लिन सक्ने हुनुपर्छ ।
  • निर्वाचन प्रणाली कम खर्चिलो र स्वच्छ हुनुपर्दछ । यसले नै लोकतन्त्रलाई बलियो बनाउछ, शासनलाई पारदर्शि, भ्रष्टाचार रहित तथा जनमैत्री बनाउछ ।
  • राजनीतिक दलबीच समन्वय र समझदारी हुनु आवश्यक छ । स्थीर सरकारका माध्यमबाट नीतिगत स्थीरता कायम हुनुपर्दछ ।
  • विकास व्यवस्थापन र सेवा प्रवाहमा केन्द्रित रहनुपर्दछ। आर्थिक सामाजिक रुपान्तरणका लागि राजनैतिक कियाशीलता हुनुपर्दछ ।
  • जनसहभागितामूलक शासकीय संस्कारको विकास हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *